२०८१ बैशाख ८ शनिबार

त्रिदेवमा स्ववियु निर्वाचन : ६५ प्रतिशत मत खस्यो, मतगणनाको तयारी

मेचीनगर, चैत ५ । मेचीनगर-१३ चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा ६५ प्रतिशत मत खसेको छ । स्ववियु नेतृत्वका लागि आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत अर्थात ६ सय ५४ मत खसेको हो ।
क्याम्पसमा एक हजार ४ मतदाता विद्यार्थी थिए । जसमा ६ सय ५४ मत खसेको मुख्य निर्वाचन अधिकृत गोपाल प्याकुरेलले जानकारी दिए ।

मतदान सम्पन्न भएसगैँ मतगणनाको तयारी भइरहेको छ । केही समयमै मतगणना शुरु हुने उनले बताए । क्याम्पसमा आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो ।
मतगणना सम्पन्न भएसगैँ त्रिदेव क्याम्पसले नयाँ स्ववियु समिति प्राप्त गर्नेछ ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 1 Minute 217 Views

ताजा समाचार