२०८१ बैशाख ४ मंगलवार

झापा नेशनलको ‘रोबोटिक्स फेयर’ सम्पन्न

मेचीनगर, ५ चैत । मेचीनगर-७ स्थित झापा नेशनल स्कुलले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दुई दिने ‘रोबोटिक्स फेयर’ मेला शनिबार सम्पन्न भएको छ ।

‘रोबोटिक्स फेयर’ मेलाको अन्तिम दिन अर्थात शनिबार पनि सयौंले अवलोकन गरेका थिए । उक्त दिन चर्चित युटुवर भाग्य न्यौपाने पनि सहभागी बनेका थिए । उनले विद्यार्थीले बनाएको रोबोटका बारेमा जिज्ञासा राखेका थिए । सोही क्रममा विद्यार्थीले रोबोटका विविध विषयमा जानकारी गराएका थिए ।

विद्यालय स्तरमा सम्भवतः पहिलो पटक आयोजना भएको रोबोटिक्स मेला सफलतापूर्वक सम्पन्न भएको संस्थापक प्रिन्सिपल कमल भेटवालले बताए । उनले विद्यार्थीको पहिलो प्रयासलाई विद्यालयले निरन्तरता दिने बताए । ‘रोबोटिक्स फेयर’ मेलाको उद्घाटन मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 1 Minute 206 Views

ताजा समाचार