२०८३ जेष्ठ २२ शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख १० हजार ३३ रुपैयाँ

५ चैत, काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।

सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

‘आज छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’

शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।

आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो ।

यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 1 Minute 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।