२०८१ बैशाख १५ शनिबार

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत १० गते

मेचीनगर, चैत ४ । स्ववियु निर्वाचनका कारण स्थगित भएको काँकरभिट्टा बहुमुखी क्याम्पसमा चैत ५ (भोली) देखि नियमित रुपमा पठनपाठन सञ्चालन हुने भएको छ ।

पछिल्लो समय क्याम्पसमा भइरहेका गतिविधिको समिक्षा गर्दै भोलीदेखि पठनपाठन शुरु गर्न लागिएको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

शनिबार स्ववियु निर्वाचनका विषयमा विसम परिस्थितिबारे छलफल गर्न क्याम्पस प्रशासन, सञ्चालक समिति, निर्वाचन समिति तथा राजनितिक दलका प्रतिनिधिहरुको सर्वदलिय वैठक बसेको थियो । उक्त बैठकले क्याम्पस पठनपाठन सञ्चालन गर्ने र अन्य विभिन्न विषयमा निणर्य गरेको छ ।

क्याम्पस गेटमा तालाबन्दी रहेकाले उक्त ताला खोल्न अनेरास्ववियुलाई आग्रह गर्ने, वर्तामान स्ववियु सभापतिलाई सम्भव भएसम्म सर्वसम्मत समिति घोषणा गर्न समन्वयकारी भुमिका खेल्न समय दिने नभए चैत १० गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको नयाँ मिति सिफारीस गर्ने र सोही आधारमा निर्वाचन समितिले निर्वाचनको कार्यक्रम प्रकाशित गरी कार्यन्वयन प्रक्रिया अघि बढाउनेलगायतका निणर्य आजको वैठकले गरेको छ ।

चैत १० गते स्ववियु निर्वाचन गर्ने सहमति
शनिबार नै भएको बैठकले चैत १० गतेभित्र निर्वाचन गर्ने गरी मिति सिफारिस गर्न आग्रह गरेपनि विद्यार्थी संगठनहरु बिच भने १० गते निर्वाचन सम्पन्न गर्नेगरी सहमति भइसकेको बुझिएको छ ।

एक विद्यार्थीका अनुसार सबै संगठनको सहमतिमा १० गते निर्वाचन गर्नेगरी सहमति भएको छ । ‘सकेसम्म सर्वसम्मत समिति घोषणाको प्रयास हुनेछ नभएपनि निर्वाचनमा सबै संगठनले भाग लिनेछन्, अनेरास्ववियुका २ विद्यार्थीलाई क्याम्पस प्रशासनले कारवाही गरेकाले उक्त कारबाही फिर्ता लिन आग्रह गर्ने पनि सहमति भएको छ ।’ एक विद्यार्थीले भने । ‘चैत १० मा निर्वाचन गर्ने गरी भोली नै निर्वाचन तालिका सार्वजानिक गर्ने तयारी छ ।’

त्रिविबाट सम्बन्धन प्राप्त देशभरीका क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुदैँछ ।

काँकरभिट्टा क्याम्पसमा भने असहज परिस्थिति भएको जनाउँदै निर्वाचन स्थगित गरिएको छ ।

२०७९ चैत्र ४, शनिबार प्रकाशित 0 Minutes 401 Views

ताजा समाचार