२०८१ बैशाख १४ शुक्रबार

२०८० सालमा शनिबार बाहेक ३५ दिन बिदा

काठमाडौँ । सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा हुने भएको छ ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा, पृथ्वी जयन्ती र यी दिवसमा पनि बिदा

सरकारले पहिलो पटक क्यालेन्टरमै जनयुद्ध दिवसलाई समेटेको छ । २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्टरमै बिदाको सूची समेटेको छ।

गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।

यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ।

bida

 

२०७९ चैत्र २, बिहीबार प्रकाशित 1 Minute 215 Views

ताजा समाचार