२०८१ बैशाख १४ शुक्रबार

अब्यवस्थित बसोबासीको जग्गादर्तामा राजश्व घटाउन माग

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाइ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अब्यवस्थित बसोबासीको एक परिवारलाई एकविगाहसम्म जग्गाको लालपुर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले बताए।

२०७९ चैत्र २, बिहीबार प्रकाशित 0 Minutes 197 Views

ताजा समाचार