२०८३ जेष्ठ २१ बिहीबार

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने पत्र संसद्‌मा पुग्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने मितिसहितको पत्र संसद्मा पुगेको छ ।

संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार केही बेर अघि सरकारका तर्फबाट संसद्मा पत्र आइपुगेको हो ।

“यही चैत ६ गते संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र संघीय संसद् सचिवालयमा आइपुगेको जानकारी पाएको छु,” प्रवक्ता गिरीले भने, “अब सचिवालयले त्यसको व्यवस्थापन मिलाउन सहयोग गर्नेछ ।” बाह्रखरी

२०७९ चैत्र २, बिहीबार प्रकाशित 0 Minutes 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।