
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने मितिसहितको पत्र संसद्मा पुगेको छ ।
संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार केही बेर अघि सरकारका तर्फबाट संसद्मा पत्र आइपुगेको हो ।

“यही चैत ६ गते संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र संघीय संसद् सचिवालयमा आइपुगेको जानकारी पाएको छु,” प्रवक्ता गिरीले भने, “अब सचिवालयले त्यसको व्यवस्थापन मिलाउन सहयोग गर्नेछ ।” बाह्रखरी
२०७९ चैत्र २, बिहीबार प्रकाशित
0 Minutes
171 Views