२०८१ बैशाख १५ शनिबार

सिलगुढीलाई पराजित गर्दै बुटवल सेमिफाइनलमा

मेचीनगर । भारतको कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई पराजित गर्दै सौभाग्य फुटबल क्लब बुटवल मेचीनगरमा जारी तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा बुधबार सम्पन्न काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना तथा काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह-आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको तेस्रोे क्वाटरफाइनल खेलमा कञ्चनजंगा फुटबल क्लब सिलगुढीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सौभाग्य फुटबल क्लब बुटवल अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवलको जितका लागि रवि घले, हरिप्रसाद पाण्डे र टोप बहादुर महतोले एक एक गोल गरे । यता सिलगुढीको तर्फबाट दिप क्षेत्रिले एक गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका हरिप्रसाद पाण्डे घोषित भए । उनले नगद तीन हजारसहित ट्रफि प्राप्त गरे ।

चैत ६ गतेसम्म नेपाल र भारतका चर्चित १० भेट्रान क्लब सिम्मेलित प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

विहिबार हुने अन्तिम क्वाटरफाइनल खेल फ्रिडम फाइटर युथ क्लब काठमाडौं र भारतको डुलिजन भेट्रान फुटबल क्लब आसामबिच दिनको ३ बजेदेखि हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

२०७९ चैत्र १, बुधबार प्रकाशित 1 Minute 349 Views

ताजा समाचार