२०८१ बैशाख ११ मंगलवार

चुनावी लफडा : काँकरभिट्टा क्याम्पस तोडफोड गर्ने अनेरास्ववयिुका २ जना कार्यकर्ता पक्राउ

काँकरभिट्टा । निर्वाचन आचारसंहिता विपरित क्याम्पसमा तोकिएको अवधिभन्दापछि विद्यार्थी भर्ना गरिएकोले ती नामहरु मतदाता सूचिबाट हटाउन माग सम्बोधन नभएको भन्दै अनेरास्ववियुले काँकरभिट्टा बहुमुखी क्याम्पस तोडफोड गरेका छ ।

नेकपा एमाले निकट (अनेरास्ववियु) र नेकपा समाजवादी निकट अनेरास्ववियू बिच झडप भएको जनाइएको छ । क्याम्पस गेटमा भएको बोर्ड अनेरास्ववियुले जलाउन खोज्दा अनेरास्ववियूले रोकेको थियो । उक्त विषयमा झडप भएको जनाइएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सम्बन्धि विवाद झन् तनावग्रस्त भएको छ । उक्त अराजक गतिविधि गर्ने अनेरास्ववयिुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेल रहेका छन् । उनीहरुलाई पक्राउ प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा लगेको जनाइएको छ ।

 

२०७९ चैत्र १, बुधबार प्रकाशित 1 Minute 518 Views

ताजा समाचार