काँकरभिट्टा । मेचीनगर-६ काँकरभिट्टास्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का तर्फबाट बिनम सरदारले सभापति पदको लागि उम्मेद्वारी दिएका छन् ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि सभापति पदका उम्मेद्वार सरदार अनेरास्ववियू झापाका उपाध्यक्ष, रोट्राक्ट क्लब अफ काँकरभिट्टाको सदस्यमा रहेर कुशल रुपमा कार्यसम्पादन गरिरहेका ब्यक्ति हुन् । अध्यक्ष पदका उम्मेद्वारी बिनमले बिभिन्न सामाजिक संस्थामा कार्य गर्दै बिद्यार्थीका हकहितका लागि काम गर्दै आएका छन् ।

त्यसैगरी, अनेरास्ववियू तर्फबाट सचिवमा सुरज राजवंशी, कोषाध्यक्षमा अनुषा अर्याल, सदस्यमा प्रज्ञा श्रेष्ठ, मानव ढुंगेल, शैलेश निरौला, बिजय लुइँटेलले उम्मेद्वारी दिएका छन् भने समानुपातिक तर्फबाट सदस्यमा बिश्वास दाहाल, दिक्षा खड्का, श्याम तिम्सिना, पुजा पाण्डे, लिलम शिवाकोटी, संजोक खनाल, युगेन लोहार, स्वस्तिका पौडेलले उम्मेद्वारी दिएका छन् ।
काँकरभिट्टा बहुमुखी क्याम्पसमा ६ सय १६ मतदाता संख्या रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



