२०८१ बैशाख ८ शनिबार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए वर्तमा गठबन्धनलाई रावणको संज्ञा

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमा गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरेका हुन । अध्यक्ष ओलीले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको उनको आरोप छ । अध्यक्ष ओलीले निर्वाचन आयोगलाई समेत गठबन्धनले उपराष्ट्रपति पदमा महिला हुनु नपर्ने भन्न प्रयोग गरेको आरोप लगाउँदै अझै अन्य संस्थाहरु पनि प्रयोग गर्नसक्ने बताए ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 217 Views

ताजा समाचार