२०८१ बैशाख ८ शनिबार

विपी कोइरालामाथि अन्याय भईरहेको महामन्त्री गगनको टिप्पणी

 

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गरेका छन । नेपाल ट्रेड युनियन काँग्रेसले काठमाडौमा गरेको कार्यक्रममा उनले आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको बताएका हुन । महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौति रहेको र त्यसको समाधान विपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

महामन्त्री थापाले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए । उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 1 Minute 179 Views

ताजा समाचार