२०८१ बैशाख २६ बुधबार

मानसरोवरमा स्ववियु पदाधिकारी र सदस्य निर्विरोध

निर्विरोध निर्वाचित घोषणा कार्यक्रमपछि मानसरोवर बहुुमुुखी क्याम्पसका स्ववियुु पदाधिकारीहरु । तस्बिर : राजन रावत

गोरखापत्र अनलाइन
राजन रावत
हुम्ला, फागुुन ३० गते । मानसरोवर बहुमुखी क्याम्पस सिमकोटमा स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएको घोषणा गरिएको छ । क्याम्पसले एक औपचारि कार्यक्रम सञ्चालन गरेर निर्विरोध निर्वाचित पदाधिकारी र सदस्य घोषणा गरेको हो ।

स्ववियुु गठन भएको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भए अनुुसार क्याम्पसले मङ्गलबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यसअघि फागुन २७ गते तीन वटा विद्यार्थी संगठन मिलेर स्ववियु निर्वाचनको सबै पदका लागि एकल उम्मेदवारी दर्ता गराएका थिए ।

स्ववियुु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मिलेर संयुक्त रुपमा पद बाँडफाँट गर्दै एकल उम्मेदवारी दर्ता गराएको क्याम्पस प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो । त्यही अनुसार उहाँले दाबी विरोधको कार्यक्रम सकिएपछि निर्विरोध निर्वाचित भएको घोषण गरिएको जानकारी दिनुभयो ।

स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नरेन्द्र भण्डारी चयन हुनु भएको छ भने सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) शिबराज फडेरा चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुमा धनबहादुुर भण्डारी चयन हुनु भएको छ ।

समानुपातितर्फको उपसभापति पदका लागि अनेरास्ववियु (क्रान्तिकारी) का निस्मा बोहरा चयन हुनुभएको छ भने समानुपातिक सहायक सचिवमा अनेरास्ववियुका चीन बोहरा निर्विरोध निर्वाचित हुनुभएको छ ।

खुल्ला र समानुपातिक सदस्यका लागि तीन वटै संगठन मध्य नेविसंघबाट चार र अनेरास्ववियुु तथा अनेरास्ववियुु क्रान्तिकारीबाट तीन–तीन जना चयन हुनुु भएको छ । स्ववियुका सबै पदाधिकारी र सदस्यहरुलाई सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले प्रमाण पत्र प्रदान प्रदान गर्नुभएको छ ।

यसअघि स्ववियु निर्वाचनका लागि पाँच वटा विद्यार्थी संगठनहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा एकीकृत समावादी निकट अनेरास्वियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ क्याम्पसमा दर्ता भएको भए पनि दुई वटा विद्यार्थी संगठनको मनोनयन नै परेको थिएन । २०६६ सालमा स्थापना भएको मानसरोवर बहुमुखी क्याम्पसमा यो पहिलो स्ववियु निर्वाचन हो ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 181 Views

ताजा समाचार