२०८३ जेष्ठ २८ बिहीबार

स्ववियु निर्वाचन : प्रचारप्रसारमा के गर्न पाइँदैन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ । फागुन २९ गते (हिजो) दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता र दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरु भएको हो ।

उमेदवारले अब चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । स्ववियु निर्वाचनको आचारसंहितामा प्रचारप्रसार गर्न रंगगरोगन गर्न नपाइने उल्लेख छ । कुनै पनि प्रकारको पोस्टर टाँस्न पनि पाइने छैन ।

आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् । सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।