२०८१ आश्विन २८ सोमबार

सिद्दि नहरको अध्यक्षमा ढकाल निर्वाचित

मेचीनगर, फागुन ३० । उत्तरी मेचीनगर अन्तर्गतका विभिन्न भेगमा सिंचाइ हुने सिद्दि खोला सिंचाइ तथा जल उपभोक्ता संस्थाको अध्यक्षमा इन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन् ।

संस्थाको सोमबार सम्पन्न निर्वाचनले उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी, संस्थाको उपाध्यक्षमा धकुमार राई निर्वाचित भएका छन् भने सचिवमा सूर्य राई तथा सहसचिवमा कमल गौतम चयन भएका छन् ।

यस्तै, निर्वाचन चुनिएको कार्यसमितिको कोषाध्यक्षमा इन्दिरा पोखरेल तथा सहकोषाध्यक्षमा लिला रिजाल निर्वाचित भएका छन् । १६ सदस्य कार्यसमिति निर्वाचनमार्फत चुनिएकामा १० जना सदस्य रहेका छन् ।

सदस्यहरुमा निर्मला सुवेदी खनाल, लक्ष्मीप्रसाद काफ्ले, सन्तोष न्यौपाने, बिजुली प्रसाद गौतम, अमृत तामाङ, टंकमान ढुंगाना, राजकुमार घिमिरे, बालुराम गुरागाँई, राम प्रसाद गुराँगाई र कुमारी खनाल चापागाँई चुनिएका छन् ।

मेचीनगरका १, २, ३ र ४ नं वडाका १७ सय हेक्टर जमिनमा सिंचाइ हुँदै आएको यस नहरका करिब ३ हजार सदस्य छन् । जसअन्तर्गत प्रतिनिधिमुलक रुपमा २ सय ७७ जनाले नेतृत्व चयनमा मतदान गरेका छन् ।

१० जना बराबर १ जनाले प्रतिनिधिमुलक रुपमा मतदान गरेका संस्थाका नवनिर्वाचित सचिव सुर्य राईले जानकारी दिए ।

उनका अनुसार ४ बर्षे कार्यकालका लागि निर्वाचनमार्फत कार्यसमिति चुनिएको हो ।

किसानको समस्या मेरो पहिलो प्राथमिकता : नवनिर्वाचित अध्यक्ष

सिंचाइका लागि सबै किसानको खेतमा पर्याप्त पानी पुर्याउन हरसम्भव प्रयास गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिवद्धता जनाएका छन् । उनले किसानको समस्या सधैँ पहिलो प्राथमिकतामा राख्ने बताए । ‘इलामको रोङ क्षेत्रबाट पानी ल्याउनुपर्ने भएकाले भुगोल अत्यन्तै अप्ठ्यारो छ, त्यसलाई मर्मतसम्भार गर्दै पर्याप्त पानी ल्याउने काम हाम्रो पहिलो प्राथमिकता हो ।’ उनले भने ‘मुहान पनि असहज भएकाले मुहानलाई पनि मर्मत गर्दै सिंचाइको सुविधालाई सहज बनाउछौँ ।’

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 379 Views

ताजा समाचार