२०८१ बैशाख १५ शनिबार

बिशाल गिरीले खोले मेची क्याम्पसमा लगाएको ताला

झापा । नेकपा एस निकट अनेरास्ववियूले आफ्नो संगठन दर्ता गर्न नदिएको भन्दै मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लगाएको ताला अखिलको स्वतन्त्र संयुक्त प्यानलका उम्मेदवारहरुले खोलेका छन ।

अखिलको स्वतन्त्र संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार विशाल गिरीले उक्त ताला खोलेका हुन् । अध्यक्ष पदका उम्मेद्वार गिरीले ताला खोल्ने क्रममा भने, नेकपा एस निकट अनेरास्ववियू मात्र होइन सम्पूर्ण असन्तुष्ट पक्षका भावनाको प्रतिनिधित्व गर्ने र असन्तुष्ट पक्षहरुले लगाएको सहमतिमा ल्याएर यस्ता हजारौ ताला खोलिने छ ।

स्ववियू निर्वाचन कार्यालयमा लगाएको ताला खोल्ने कार्यक्रममा अनेरास्ववियूका झापा जिल्ला अध्यक्ष हरी भट्टराईले आफ्नो संगठनले मेची क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुन नपाए पनि आफ्नो संगठनले खोजे जस्तो सबैको भावना समेट्न सक्ने इमानदार, लगनशील विद्यार्थी नेता बिशाल गिरीको अखिलको स्वतन्त्र संयुक्त प्यानलले उम्मेदवारको रुपमा अघि सारेको हुनाले विशाल गिरीको प्यानललाई समर्थन गर्दै ताला खोलेको बताए ।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 1149 Views

ताजा समाचार