२०८१ बैशाख ८ शनिबार

झापा धुलाबारीस्थित टीमाईको पुल मुनि आश्रय लिएका पदमबहादुरको पीडा !

उपचार र अन्नको प्रतिक्षामा रहेकाछन् पदमबहादुर ।

मुक्ति पौडेल, धुलाबारी । जिवनको भोगाई नै मान्छेको जिन्दगीको कथा हो भनिन्छ । दुनियाँमा रहुन्जेल मान्छेका आआफ्नै जिवन भोगाईका कथा छन् ।

दुनियाँ न हो, आफ्नै रफ्तारमा दौडेको छ । तर, मान्छेका जिवन भोगाईका कथाका पत्रहरुलाई नियाल्ने हो भने हरेकमा आँशुसँगै हाँसो र हाँसोसँगै आँशुले लुुकामारी गरिरहेको हुन्छ । जिवन भोगाईकै क्रममा झापाको धुलाबारी स्थित हडियाँ पुल मुनि एक जोडी जिन्दगी पनि आफ्नो कथामै चक्कर गरिरहेकाछन् । उनी अर्थात पदमबहादुर कुमाल र उनकी श्रीमती ।

झापाकै तत्कालिन शान्तिनगरलाई आफ्नो पुरानो थलो बताउने पदमबहादुर पछिल्लो समयमा धुलाबारी झरेका रहेछन् । आफु र आफ्नी श्रीमती बाहेक अरु कुनै सन्तान नभएको बताउने उनी अहिले टीमाई खोलाको पुल मुनि जिवनमरणको दोहोरी खेली रहेकाछन् । धेरै दिनदेखि पेट सुन्नीएर थला परेका पदमबहादुरको उपचारको कुरो त कता हो कता बिहान बेलुकी मुखमाड लाग्ने सम्मको उनको अवस्था छैन । बोल्न पनि निक्कै कठिन हुने उनले आफ्नो कथा सुनाउने ईच्छा भएर पनि सकेनन् । जिवन यात्राको सहयात्री श्रीमती समेत अपाङ्ग भएका कारण आफ्नो अहिलेको दैनिकी गुजारा भनेको श्रीमतीले मागेर ल्याएको बाहेक केही नभएको उनी बताउँछन् ।

पदमबहादुर टीमाई खोलाको पुल मुनिलाई आफ्नो बासस्थान बनाएर बसेको पाँच वर्ष पुगेको बताउँछन भने यस अघि उनी निन्दा खोलाको किनारमा रहेको रामघाटमा चार वर्ष सम्म बिताएको कथा सुनाउछन् । आफ्नो परिवारमा श्रीमती र आफु बाहेक अरु कोही नभएको बताउने पदमबहादुरलाई उनको उपचार र बाँच्नका लागि अन्न चाहिएको बताउँछन् । टीमाई खोलाको पुल मुनिलाई आफ्नो संसार ठानेर जिवन भोगाई र दुखाईको कथा गुनिरहेका पदमबहादुर लाई यो बेला कोही चाहिएको छ भने त्यो हो ‘ फराकिलो मन भएको मान्छे’अर्थात उनको यो ब्यथालाई मनले सुनेर मनले बुझ्ने सहयोगी हातहरु !

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 1277 Views

ताजा समाचार