२०८१ बैशाख १४ शुक्रबार

झलनाथ खनाल र विप्लवबीच भेटवार्ता

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।आइतबार साँझ खनाल निवास डल्लुमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको हो । भेटमा समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको बताइएको छ ।

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका थिए । भेटमा आगामी दिनमा बामपन्थी एकताका विषयमा पनि कुराकानी भएको खनालको स्वकिय सचिव कृष्ण भट्टराईले जनाएका छन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 151 Views

ताजा समाचार