२०८१ बैशाख १४ शुक्रबार

सिन्धुलीको फिक्कलमा आइतबार विहान भएको बस दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत

 

सिन्धुलीको फिक्कलमा आज विहान भएको बस दुर्घटनामा परी मृत्यु भएका छ जनाकै पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ओखलढुगा मानेभन्ज्याङ गाउँपालिका–६ का देबबहादुर सार्की, सिद्दिचरण नगरपालिका–३ का पेशल भुजेल, सिद्दिचरण–५ की जोशना राई र राधा भुजेल, चिसंखुगढी गाउँपालिका–४ का संजित राई र उदयपुरको कटारी नगरपालिका–२ की कुमारी क्याप्छाकी मगर रहेका छन् ।

बस दुर्घटनामा परी घाइते भएका ८ जनालाइ थप उपचारका लागि काठमाडौं र धुलिखेल ल्याइएको छ । बस चालक काभ्रे पाँचखालका लालबहादुर तामाङलाइ घुर्मी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं ल्याइएको छ । अन्य घाइतेको सिन्धुलीमै उपचार भैरहेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका ४ को कुहिभीरमा तीव्र गतीमा रहेको बा २ ख ६५९६ नं बस अनियन्त्रीत भइ भित्तामा ठोक्किएर दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन् ।

ओखलढुङ्गाबाट काठमाडौं आउदै गरेको बसमा ३६ जना यात्रु चढेका थिए । तिब्र गतिका कारण बस दुर्घटन भएको प्रहरीको अनुमान छ । उद्धारमा ढिलाइ भएको भन्दै घाइतेका आफन्त र स्थानीयले गरेको बीपी राजमार्ग भने सुचारु भएको प्रहरीले जनाएको छ ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 169 Views

ताजा समाचार