२०८१ बैशाख १४ शुक्रबार

नेपाली सेनाद्वारा विराट राज दरबारको संग्राहलयको उद्धाटन गरी हस्तान्तरण

 

नेपाली सेनाले विराट राजा दरबारको संग्राहलय भवन उद्घाटन गरी हस्तान्तरण गरेको छ ।बिराटनगर १८ भेडियारीमा रहेको ऐतिहासिक सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ प्राचिन विराट राजा दरवार संग्राहालय भवन श्री मैरव दल गणले संरक्षण समितिलाई आइतबार हस्तान्तरण गरेको हो ।

उन्नाईस लाख पचहत्तर हजार छसय त्रिसठ्ठी को लागतमा निर्माण भएको उक्त भवनको समुद्घाटन तथा हस्तान्तरण श्री पूर्वी पृतना हे।क्वा। का पृतनापति उपरथी श्री आश बहादुर तामाङ्ग, पिएच।डि। ले गरेका थिए ।

नेपाली सेनाको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत विनियोजित बजेटबाट ०७२ असोज ३१ गते खरिद ऐन तथा नियमावलिको परिधिभित्र रही गोरखापत्र राष्ट्रिय दैनिकमा सुचना प्रकाशन गरिएको थियो । सोही अनुसार २०७२ असार २५ गते नवदुर्गा सप्लायर्ससंग सामान खरिदको सम्झौता भएपश्चात श्री भैरव गणले प्राचिन विराट राजा दरवार संग्राहालय भवन कार्तिक २१ गतेबाट निर्माण कार्य शुरु गरेको थियो ।

महाभारत कालमा करिव ८ विगाहा ३ कठ्ठा १७ धुरमा फैलिएको यो स्थान भेडियारी राजा विराटको राजधानी रहेको तथा मत्सेय देशको नामले चिनिने गरेको पाईएको छ । यहाँ महाभारत कालमा पाँच पाण्डव युधिष्टिर, भीम, अर्जुन, नकुल र सहदेव । र उनीहरूको पत्नी द्रौपति गुप्तवासको दौरान नाम परिवर्तन गरी राजा विराटको दरवारम लुकेर बसेको किंवदन्ति छन् । विभिन्न कालखण्डबाट स्थानीयहरूले संरक्षण गर्दै आईरहेको र वि.सं.२०२७ सालमा नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन गर्दा प्रचिन कालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० गोटा भेटिए पश्चात यो क्षेत्र प्राचिन महाभारतकालमा विराट राज्यको राज दरबार भएको तथ्य पत्ता लागेको थियो । प्राचिन राजा विराट दरवार संग्राहालय भवनले यस मोरङ्ग जिल्लाको धार्मिक महत्व अझ बढाई धार्मिक पर्यटनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननिय अमृत अर्याल, बिराटनगर महानगरपालिकाका प्रमुख र उप प्रमुख , जिल्ला प्रशासन कार्यालय मोरङ्गका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई विभिन्न सुरक्षा निकायका प्रमुख श्री भैरव गणका गणपति अमृत थापा मगर, जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्र.उ. दिपक पोखरेल, सशस्त्र प्रहरी बल प्र.उ. तिर्थ बहादुर थापा, उप अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल बिराट राजा प्राचिन दरवार खोज तथा संरक्षण समितिका पदाधिकारीहरु, वडा नं. १८ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 170 Views

ताजा समाचार