२०८१ बैशाख १३ बिहीबार

चीनको नयाँ रक्षामन्त्रीमा जनरल ली साङ्फु नियुक्त

 

चीनको नयाँ रक्षामन्त्रीमा जनरल ली साङ्फु नियुक्त भएका छन् । चीनको सैन्य आधुनिकीकरणमा विशेष काम गरेका ली साङ्फु एरोस्टेट इन्जिनियर पनि हुन् । उनले चीनको स्याटेलाइट कार्यक्रममा काम गरिसकेका छन् । चिनियाँ सेनालाई थप स्तरोन्नति गरेको कारण नै अमेरिकाले रुसबाट हतियार लिएको आरोपमा उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

ली साङ्फुको नियुक्ति राष्ट्रपति सी चिनफिङका लागि निकै महत्त्वपूर्ण रहेको विश्वास गरिन्छ । सन् २०१६ मा ली साङ्फु चिनियाँ सेनाको नयाँ रणनीतिक समर्थन बलको उप–कमाण्डर बनेका थिए । लीले केन्द्रीय सैन्य आयोगको उपकरण विकास विभागको प्रमुख भएर पनि काम गरिसकेका छन् । चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षता राष्ट्रपति सीले गरेका छन् ।

यसको काम चीनमा सेनाको व्यवस्थापन गर्नु हो । ली साङ्फु निर्देशक हुँदा चीनले रुसबाट अत्याधुनिक लडाकु विमान किनेको थियो । यसैलाई लिएर अमेरिकाले सन् २०१८ मा ली साङ्फुमाथि प्रतिबन्ध लगाएको थियो । ली साङ्फुको नियुक्तिलाई क्षेत्रीय कूटनीतिज्ञहरूले पनि नजिकबाट नियालिरहेका छन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 296 Views

ताजा समाचार