२०८१ बैशाख १३ बिहीबार

आयोजकलाई पराजित गर्दै मिलन मोर सिलगुढी क्वाटरफाइनलमा प्रवेश

झापा । मिलन मोर त्रिभेनी साङ्गा फुटबल क्लब सिलगुढी भारत झापाको मेचीनगरमा जारी सेभेन हर्स तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबलार्ई ४-३ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढीले अघिल्लो चरण प्रवेश गरेको हो ।

सिलगुढीको लागि खेलको १४औं मिनेटमा विद्या राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले खेलको २५ औं मिनेटमा व्यक्तिगत थप एक गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । आयोजकको तर्फबाट २७ औं मिनेटमा सुजन शाक्यले एक गोल फर्काए । आयोजक सामु आक्रमक खेलेको सिलगुढीको तर्फबाट खेलको ३२ औं मिनेटमा पालम किपजम् र ३५ औं मिनेटमा नोर्बु लामाले एक एक गोल गर्दै टिमको अग्रता फराकिलो बनाए ।

दोस्रो हापदेखि सुधारीएको खेल खेलेको आयोजकले थुप्रै अवसरहरु सदुपयोग गर्न सकेन । थुप्रै प्रहारहरु पोलमा लागेर फर्कियो । आयोजकका सुजन शाक्यले खेलको ५६ र ६१ औं मिनेटमा गोल गर्दै खेलमा ह्याट्रिक पसरा गरे । तर, उनले ह्याट्रिक गरेपनि हारबाट जोगिन नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरियो ।

खेलको म्यान अफ द म्याच आयोजक टिमका सुजन शाक्य घोषित भए । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह-आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपालर भारतको १० चर्चित भेट्रान फुटबल क्लब सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

भोलिको खेल विराट भेट्रान फुटबल क्लब मोरङ्ग र विर्तामोड युनाइटेड भेट्रान क्लब झापा बिच दिनको २ः४५ बजेदेखि हुने क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 1 Minute 309 Views

ताजा समाचार