२०८१ बैशाख ८ शनिबार

‘कोशी’नाम विरूद्ध आन्दोलन : मेचीनगरबाट दुई बन्दकर्ता प्रहरी नियन्त्रणमा

मेचीनगर, फागुन २८ । कोशी प्रदेश नामांकनको विरुद्धमा संघर्षका कार्यक्रम अन्तर्गत बन्द गराउँदै हिँड्ने २ बन्दकर्तालाई आइतबार मेचीनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङसहित पवनलाल मेचेलाई प्रहरी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार मेचीनगर क्षेत्रमा बन्दको खासै प्रभाव परेको छैन । ‘बन्दको खासै असर छैन, काँकरभिट्टामा त पहिले जस्तै चहलपहल छ ।’ उनले भने  ‘विहान केहीबेर सवारीसाधन नचलेको भएपनि अहिले चलिरहेका छन् ।’

साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित विभिन्न राजनीतिक दल तथा जातीय संगठनहरु बन्दमा उत्रिएका छन् ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 204 Views

ताजा समाचार