२०८१ बैशाख २६ बुधबार

नवनिर्वाचित राष्ट्रपतिको निवासमै पुगेर सभामुखले दिए बधाइ

काठमाडौं : सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई उनको निवासमै पुगेर बधाइ दिएका छन्।

शुक्रबार बिहान पौडेलको निवासमा पुगेर घिमिरेले शुभकामनाका साथै सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेका हुन्।। नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका संघको १४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि जानकारी गराए। बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराउनुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

२०७९ फाल्गुन २६, शुक्रबार प्रकाशित 0 Minutes 187 Views

ताजा समाचार