२०८० फाल्गुन १९ शनिबार

सधैं हिँडिरहने देवी कहाँ छन् ?

मेचीनगर, २५ फागुन । मेचीनगर-९, खुट्टीडाँगी निवासी देवीप्रसाद अर्याल एकाएक वेपत्ता भएका छन् । मानसिक सन्तुलन गुमाएका ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि परिवारबाट सम्पर्कविहीन बनेका हुन् ।

११ दिनअघि बहिनीको फारम टोल मेनपा-९ घर जान्छु भनेर हिँडेका देवी अहिलेसम्म फेला नपरेको परिवारले जनाएको छ । अरुबेला पनि हिँडिरहने देवी त्यस दिनदेखि घर फर्किएका छैनन् । खुट्टीडाँगीबाट फारम टोल दैनिक आउआउ गर्ने गरेका देवी कहाँ गएका छन् भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।

युवा अवस्थामा मानसिक सन्तुलन गुमाएका देवीलाई स्थानीयले प्रायः चिन्दछन् । सबैसँग नजिक हुन खोज्ने देवी सहयोगी पनि थिए । सधैँजसो गाउँतिर घुम्ने देवी हराएको पाँच दिन पछि मेचीनगर-९ स्थित पानीटेंकीमा स्थानीयले देखेका थिए । तर, स्थानीयले हराएको भन्ने शंका गरेनन् । त्यसपछि उनी कता गए थाहा छैन ।

परिवारले उनलाई सबैतिर खोजि गरिसकेको छ । अझै भेटिएका छैनन् । उनको परिवारमा वृद्ध बाबुआमा मात्रै छन् । उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । विहीबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देवीका बुवाआमालाई भेटेका छन् । नगर प्रमुख बुढाथोकीले देवीको खोजी कार्यमा सहयोग गर्ने बताएका छन् ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 202 Views

ताजा समाचार