२०८१ बैशाख १४ शुक्रबार

राजनीतिमा लामो अनुभव भएका को हुन् रामचन्द्र पौडेल ?

 

गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राजनितिक क्षेत्रमा लामो समय व्यतित गरेका पौडेलको नेपाली राजनीतिमा लामो योगदान रहेको छ ।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । विक्रम संम्वत् २००१ सालमा तनहुँको मध्यम वर्गीय किसान परिवारमा जन्मिएका ७९ वर्षीय पौडेलले संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तरसम्को अध्ययन पुरा गरेका छन् । २०१७ साल अर्थात १६ वर्षदेखि प्रजातिन्त्रक आन्दोलनमा सहभागी भई राजनितिक यात्रा सुरु गरेका पौडेलसँग राजनितिक क्षेत्रको लामो अनुभव छ ।

२०१९ को विद्यार्थी आन्दोलन ,०२३ मा सरस्वती क्याम्पस विद्यार्थी युनियन सभापति ,०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव,०२७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य ०४३ मा नेपाली काँगेस केन्द्रीय सदस्य, काग्रँेस महामन्त्री, नेपाली काँगेस केन्द्रीय उपसभापति लगायतका राजनितिक संग्लनता पौडेलको रहेको छ । पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्ष देखि २०६२-२०६३ को दोस्रो जन आन्दोलनसम्म विभिन्न पटक गरी १४ वर्ष बढी जेल जिवन बिताएका छन् ।

तनहुँबाट २०४८ देखि २०७९ सम्म छ पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पौडेलले पहिलोपटक २०४८ देखि २०५१ सम्म स्थानीय विकास मन्त्री, प्रतिनिधिसभा सभामुख, उपप्रधान तथा सूचना-सञ्चार मन्त्री, उपप्रधान तथा गृहमन्त्री, शान्ति समिति संयोजक, पुनः निमार्ण मन्त्री लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।

पौडेले मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार, महेन्द्र विक्रम शाह पुरस्कार, जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ लगायतका सम्मान तथा पुरस्कार पाएका छन् ।

उनका नेपाली काँग्रेसको सङ्क्षिप्त इतिहास, कृषि क्रान्ति र समाजवाद लगायतका दजनौँ पुस्तक र जेल जीवनमा निबन्ध, कविता लगायत विभिन्न लेखरचना प्रकाशित भएका छन् । पौडेल अहिलेसम्म कुनै भष्ट्राचारमा नमुछिएका स्वच्छ छवि र सादा जीवन भएका अनुभवी नेताको रुपमा चिन्छिन् । राष्ट्रपतिको कार्यकाल सफल र उपब्धिमूलक रहोस् पौडेललाई हाम्रो तर्फबाट पनि शुभकामना ।

 

 

 

 

 

 

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 357 Views

ताजा समाचार