२०८१ बैशाख १४ शुक्रबार

काँकरभिट्टा बहुमुखी क्याम्पसले बुझायो मेचीनगर नगरपालिकालाई ज्ञापन

मेचीनगर, फागुन २५ । काँकरभिट्टा बहुमुखी क्याम्पसको जग्गा बाह्य संरचनाको नाममा दर्ता गर्ने प्रक्रिया अगाडी बढेको जानकारी पाएको भन्दै काँकरभिट्टा बहुमुखी क्याम्पसले आपत्ती जनाएको छ ।

क्याम्पसले निर्धारण गरेको घेराबारा भित्रको जग्गामा अन्य कसैको अधिकार नहुने भन्दै अन्य कसैको नाममा जग्गा दर्ता प्रक्रिया कार्य क्याम्पसलाई सह्य नहुने क्याम्पस परिवारले बिहिबार मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै जनाएको हो ।

‘क्याम्पसको भोगाधिकारमा रहेको जग्गा नगरपालिकामार्फत क्याम्पसको नाममा दर्ता गर्ने प्रक्रिया चलिरहेको अवस्थामा सामाजीक सञ्जाल (फेसबुक) मा भानु साहित्यिक प्रतिष्ठानको नाममा समेत क्याम्पसको भोगाधिकारको जग्गा दर्ता प्रक्रिया अगाडी बढेको भन्ने जानकारी प्रति काँकरभिट्टा बहुमुखी क्याम्पस परिवार आक्रोशित मर्माहत एवम स्तब्ध भएको छ ।’ क्याम्पसले आज नगरलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

साथै क्याम्पसले निर्धारण गरि घेराबारा गरेको क्षेत्रभित्रको सम्पुर्ण जग्गा क्याम्पसको नाममा दर्ता प्रक्रिया अगाडी बढाउन माग पनि गरेको छ । बिगतमा आदिकवि भानुभक्त आचार्यको शालिक बनाउन भानु साहित्यिक प्रतिष्ठानलाई जग्गा प्राप्त नभएको अवस्थामा क्याम्पस परिषरमा शालिक निर्माण गर्न सहमती जनाइएको उल्लेख गर्दै केहि समयपछि प्रतिष्ठानको कार्यालयका राख्नका लागि पनि जग्गा नभएको र क्याम्पसले अस्थायी रुपमा कार्यालयका लागि जग्गा उपलब्ध गराएको जनाएको छ ।

साथै उक्त जग्गाको स्वामित्वको अधिकार पनि क्याम्पसकै रहने गरी सहमती भएको कयाम्पसले ज्ञापन पत्र मार्फत जानकारी दिएको छ । तर अहिले आएर भने प्रतिष्ठानको नाममा समेत क्याम्पसको भोगाधिकारको जग्गा दर्ता प्रक्रिया अगाडी बढेको भन्ने जानकारी पाएको भन्दै क्याम्पसले त्यसो हुन नदिन सचेत गराएको क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले बताए ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 0 Minutes 331 Views

ताजा समाचार