काठमाडौं । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको श्री एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरण गराएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज बिहान भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो देखिएको थियो ।

विमानमा आगो लागेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



