२०८१ बैशाख ६ बिहीबार

मानव–हात्ती द्धन्द न्यूनिकरण गर्न झापामा अन्तर सिमा युवा संजाल गठन

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अर्जुन कार्कीको सक्रियातामा मानव–हात्त द्धन्द न्यूनिकरणका लागि नेपाल र भारतका व्यक्तिहरु सम्मिलित अन्तर सिमा युवा सन्जाल गठन गरिएको छ ।

बाहुनडाँगीमा भेला भएका दुवै देशका नागरिकबिचको भेलाले नेपाल तर्फको संयोजकमा नयुटन कार्की र भारततर्फको संयोजकमा अमित रावत रहनेगरी १० जनाको  समिती र नेपाल र भारत गरी ६ जनाको सल्लाहाकार समिती समेत गठन गरेको छ ।

334956748_132801303057732_5028307703441373263_nसमितिका अन्य सदस्यहरुमा नेपालको तर्फबाट मंजिल देवान, बेग सुनुवार, संदेश दर्नाल, शिसिर चौलागाई र सुमित रावत रहेका छन् भने भारतको तर्फबाट रोकश मल्लिक, सन्तोष भाजी, सामेल राई र चम्पर्क चक्रवर्ती रहेका छन् । साथै सल्लाहाकारहरुमा नेपालको तर्फबाट मेचिनगर ४ का वडा अध्यक्ष अर्जुन कार्की, रमेश भोज, र शंकरमणी लुइटेल रहेका छन् भने भारतको तर्फबाट राज कुमार रिजाल, सुव्रितो राजबसु र टेक बहादुर रहेका छन् ।

335026851_506342985023765_2195239556218299336_nसमितीले मावन–हात्ती द्धन्द्ध न्यूनिकरणका लागि सहकार्य गर्दै एक आपसमा मिलेर का मगर्ने निर्णय गरेको मेचिनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीले बताए ।

सिमा क्षेत्रमा रहेका नेपाल र भारतका प्रतिनिधि सम्मिलित भेलाले नेपाल भारत अन्तरसिमा क्षेत्रमा हात्ती संरक्षण, मावन–हात्ती द्धन्द्ध न्युनिकरण र मानव हात्ती सहअस्थित्वका सम्बन्त्रधमा नेपालको तर्फबाट झापाको बाहुनडाँगी र भारतको तर्फबाट दार्जिलिगंको मणिग्राम गाउँ पन्चायतका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

334965549_737364954425955_677639964096282959_n

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 0 Minutes 212 Views

ताजा समाचार