२०८१ बैशाख ८ शनिबार

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

आजको बैठमा ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार समसमायिक राजनीतिक विषय पनि बैठकका एजेण्डा रहनेछन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन । यसअघि ९ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङलले छुट्टाछुट्टै भेटेर लिङदेनसँग भोट मागेका छन् ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार