२०८१ बैशाख १४ शुक्रबार

काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

काँकरभिट्टा । काँकरभिट्टामा ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन २७ देखि चैत ६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी अवगत गराइएको हो ।

भेट्रान फुटबल क्लबको यो तेस्रो संस्करण हो। यस अघि २०७२ र २०७४ मा प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगिताको सह आयोजकमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । होटेल किङ्ग्सबरी बिर्तामोडले मुख्य प्रायोजन गरेको प्रतियोगिताको दोस्रो पुरस्कार राशी १ लाख रुपैयाँ काँकरभिट्टाका युवा समाजसेवी सजित तामाङले गरेको आयोजकका महा सचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । झापासँगै बुटवल, काठमाण्डौं, सुनसरी, मोरङ तथा भारतको कोलकाता, आसाम र सिलिगुडीका भेट्रान क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

हरेक खेलको उत्कृष्ट खेलाडीले ३ हजार, बिधागतरुपमा उत्कृष्ट खेलाडीले प्रतिखेलाडी रु ५ हजार, प्रतियोगिता भरमा उत्कृष्ट हुने एकजनाले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष गंगालाल गुरुङले बताए । काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगितालाई निशुल्क अवलोकन गर्न पाउने आयोजकले बताएको छ ।

सो अवसरमा झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, क्लवका सल्लाहकार झापा जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष शंखर थापा, वडाध्यक्ष ललितबहादुर तामाङ, उपाध्यक्ष राजु पौडेललगायतले बोलेका थिए ।

महासचिव शेरबहादुर बस्नेतले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष गंगालाल गुरुङले गरेका थिए ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 664 Views

ताजा समाचार