२०८३ जेष्ठ २८ बिहीबार

संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना

 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । बुधवार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले आफू ठिक ढंगले नचल्ने दलहरुले दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने समेत बताए ।

उनले सरकार सञ्चालन गर्नेहरुले ढंग पु¥याएर संसद चलाउन नसक्ने तर, संविधानलाई दोष दिएर उम्किन खोज्ने गरेको आरोप समेत लगाए । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुले आफ्नो बानी नसुधारेसमम परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी समेत गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले सामान्य रुपमा लिनुपर्ने जिकिर समेत गरे । वन पैदावरको संरक्षण गर्नेकुरामा सबै राजनीतिक दल र स्थानीयहरुको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामुदायिक वनमाथि स्थानीय, प्रदेश र संघीय सरकारले तेहेरो कर लगाउँदा उपभोक्ता मारमा परेको आरोप लगाए ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 440 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।