नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गरेकाछन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।
नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा बुधबार दिउँसो पुगेका थिए । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए ।उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
२०७९ फाल्गुन २४, बुधबार प्रकाशित
1 Minute
173 Views