२०८१ बैशाख ५ बुधबार

झापा : होलीमा उच्छृङ्खल गर्ने तीन जना पक्राउ, ३१० वटा सवारीसाधन नियन्त्रणमा

झापा । होली खेल्नेक्रममा झापामा उच्छृंखल गतिविधि गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेका छन् । त्यस्तै जथाभावी चलाउने ३१० वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा ३ सय वटा मोटरसाइकल , तीन पांग्रे ५ वटा र चार पांग्रे ५ वटा सवारीसाधन रहेका छन् । हेल्मेट नलगाएका, तीनजना चढेका, मदिरा सेवन गरेर चलाएका सवारीसाधनहरु जिल्लाका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले केहीलाई जरिवाना तिराएर र केहीलाई संझाइ बुझाइ साँझपख छाडिएको जानकारी दिए।

त्यसैगरी होली मनाउनेक्रममा दुर्घटनामा परी झापामा चारजना घाइते भएका छन् । होली मनाउनेक्रममा तीनवटा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएका हुन् । दुर्घटनामा परेका चारजनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 0 Minutes 207 Views

ताजा समाचार