२०८१ बैशाख १२ बुधबार

द्वन्द्वका बेलामा भएका सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्ने : कांग्रेस

 

नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएका सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्ने जनाएको छ ।मंगलबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा संचारकर्मीसंग कुरा गर्दै कांग्रेसका मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ सालसम्मका द्वन्द्वका बेला भएका सबै घटना फौजदारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत ऐनलाई परिमार्जित गरेर बिधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानून बनाउनुपर्ने र कानून अनुसार आयोग गठन गरेर सवै कामलाइ तार्किक निष्कर्षमा पुराउनुपर्ने पनि बताए । मुख्य सचेतक लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै ध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने बिषय सर्वोच्चलाइ राम्रोसंग जानकारी भएको पनि बताए ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 1 Minute 207 Views

ताजा समाचार