२०८० आश्विन १२ शुक्रबार

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन : प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालले विश्वविद्यालय खोल्न स्विकृति नदिएको बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले मुस्ताङका स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने पनि बताए ।प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताए ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 1 Minute 159 Views

ताजा समाचार