२०८३ जेष्ठ २९ शुक्रबार

अमेरिकामा सवारी दुर्घटनामा परी झापाका पौडेलको मृत्यु

झापा । झापाको दमक नगरपालिका–९ घर भई हाल अमेरिका बस्दै आएका २६ वर्षीय खगेन्द्र पौडेलको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । अमेरिकाको वोस्टनमा बस्दै आएका उनको दुई दिनअघि सडक दुर्घटनाबाट मृत्यु भएको त्यहाँ रहेका शिव साहले जानकारी दिएका छन् ।

उनका अनुसार तीन जना सवार कारलाई ट्र्याक्टर टेलर गाडीले ठक्कर दिएको थियो । ठक्करबाट दुई जना भने बाँच्न सफल भएका छन् भने पौडेलको घटनास्थलमा नै ज्यान गएको थियो । मृतक पौडेल साथीहरूसँग घुम्न पेन्सल्भिनिया गएको बताइएको छ ।

मृतक नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व मन्दरा पौडेलका एक मात्र छोरा हुन् । उनी वर्ष दिनअघि मात्र डिभी लटरीमार्फत अमेरिका पुगेका थिए । यसैबीच पौडेल परिवारले छोराको शव नेपाल ल्याइदिन त्यहाँको राज्य सरकारलगायत विभिन्न सामाजिक सङ्घसंस्थालाई अनुरोध गरेका छन् ।

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 0 Minutes 560 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।