बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीको झापा जिल्ला कमिटीको पुर्ण बैठक सम्पन्न भएको छ । बिर्तामोडमा बसेको सो बैठकले आगामी जेठ भित्रमा पार्टीको झापा जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला अध्यक्ष बेदराज रेग्मीको सम्योजकत्वमा अधिबेशन आयोजक कमिटी गठन गरेको जनाइएको छ । पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेस १ का इन्चार्ज घनेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको बैठकले पार्टी केन्द्र र प्रदेसको निर्देसन अनुसार पार्टी गठन तथा पुनर्गठन अभियान सन्चालन गर्न विभिन्न जिम्मेवारीबारे निर्णय गरेको जिल्ला उप-सचिब तीर्थ सिग्देलले जानकारी दिए । उनका अनुसार जिल्लाका पाँचवटा छेत्रमा अभियान सन्चालन गर्न १ न मा केन्द्रिय सदस्य शारदा शर्मा, २ न मा केन्द्रिय सदस्य पुष्प पोखरेल, ३ न मा जिल्ला संयोजक बेदराज रेग्मी, ४ न मा केन्द्रिय सदस्य निलमणी बराल र ५ न मा केन्द्रिय सदस्य इन्द्र बुढाथोकीको सम्योजकत्वमा कमिटी गठन गरेको छ । जसमा सम्बन्धित क्षेत्रका केन्द्रिय परिषद सदस्य, प्रदेस कमिटी सदस्य र जिल्ला कमिटी सदस्य रहेको जिल्ला सचिब विपी भट्टराईले जनाए । अधिवेशन सम्पन्न गर्न १३ सदस्यीय सचिवालय गठन गरिएको र १३१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरिएको बताइएको छ ।
अन्तर सङठानात्मक निर्देशन अनुसारका अभियान सन्चालन गर्ने क्रममा चैत्रमा जिल्ला स्तरीय प्रशिक्षण सन्चालन गर्ने निर्णय समेत भएको छ । बैठकले अभियानका क्रममा विभिन्न पार्टी परित्याग गर्नेहरुलाई जिम्मेवारी प्रदान गर्दै पार्टी सदस्यता र सङठित सदस्यता नविकरणका कामलाई तीब्रता दिने छ । बैठकलाई पोलिट्ब्युरो सदस्य तथा प्रदेस उपाध्यक्ष धर्म निरौला र पोलिटब्युरो सदस्य गणेश काम्बाङले विशेष सम्बोधन गरेका थिए ।