२०८१ बैशाख ७ शुक्रबार

नेतृत्वमा हाेडबाजी, कराेडाैं पैसा बगाे सिद्विनहरमा तर पानी प्रयाप्त बगेन उपभोक्ता

झापा । झापाको सिद्विखोला सिंचाई आयोजनाको यही फागुन २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । अध्यक्षसहित १६ जना कार्य समितिका लागि ३१ जनाले उम्मेदवारीको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस सहितको संयुक्त गठबन्धनमा राष्ट्रिय स्वातन्त्र पार्टी,एकृकित माओवादी केन्द्र, राप्रपा र जसपा रहेका छन्।

तेस्तै, नेकपा एमाले र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चको गठबन्धन छ । १६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । भने-१३ जना शाखाका अध्यक्ष पदेन सदस्य रहने छन् । करिव १७ सय हेक्टरमा सिंचाई हुने आयोजना मा करोडौं पैसा बगो तर प्रयाप्त पानी नबगेको उपभोक्ताहरूको गुनासो छ । अध्यक्षका लागि एमाले प्यानलबाट पुर्ब वडा अध्यक्ष पाषाङ तामाङ, उपाध्यक्ष भानु ढुङ्गेल सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिव पद खाली राखिएको छ । सचिवमा कांग्रेस निकट पुर्ब जनप्रतिनिधिसमेत रहेका डिकेन्द्र कुमार थापाले स्वातन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसले पनि थापा सचिवका बलिया उम्मेदवार देखिन्छन् । थापा त्यस क्षेत्रका पपुलर युवा नेता हुन ।

तेस्तै, कांग्रेससहितको प्यानलबाट अध्यक्षमा ईन्द्र ढकाल उनी बर्तमान सचिव हुन । उपाध्यक्षमा धनकुमार राई, जसपा, सचिवमा सुर्य ब. राई उनी राप्रपाबाट समेत गरि १६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका संयोजक पोषक कुमार दर्जीले बताए । निर्वाचनमा २ सय ९३ जना मतदाता रहेका छन् भने समितिको कार्यकाल ४ बर्ष रहने छ ।

२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित 1 Minute 549 Views

ताजा समाचार