२०८१ बैशाख ७ शुक्रबार

प्रदिपको पाउरोटीसँग जोडिएको यात्रा

मुक्ति पौडेल
मेचीनगर । मेचीनगर-७ का प्रदिप राजवंशीको पाउरोटी अर्थात पाउरोटी उद्योगसँग जोडिएको यात्रा संघर्षमय र रोचक पनि छ । राजवंशीको पाउरोटीसँग जोडिएको विगतदेखि वर्तमान सम्मको यात्राले केही गर्छु भन्नेहरुका लागि प्रेरणाको स्रोत समेत बन्न सक्छ । रोजगारीको क्रममा करिब १३ वर्ष सम्म अरुकै पाउरोटी उद्योगमा कामदारका रुपमा रहेका उनले बेकरी सम्बन्धि जानकारी लिएका थिए तर समस्या थियो आफैले यो उद्योगको यात्रा अगाडि बढाउन । उनीसँग उद्योग संचालनका लागि आर्थीक अभाव थियो ।

बेकरी सम्बन्धि जानकारी र शीप भए पनि आर्थीक समस्याका कारण उनले २०५८ सालतिर इलामको फिक्कलमा डुनट(एक प्रकारको रोटी) बनाएर बिक्रि गर्न थाले । फिक्कलमा दिनप्रतिदिन उनको व्यवसाय फस्टाउँदै गयो , श्रम अनुसाको मुल्य पनि उनले पाउन थाले तर पानी र यातायातको असुविधाका कारण दुई वर्ष पछि उनी केही नयाँ गरौँ भन्ने सोचका साथ मेचीनगरमा आए ।

२०६१ सालबाट उनले झापा मेचीनगर ७ मा करिब दुई लाख रुपैयाँको लगानीमा पाउरोटी उद्योग शुरु गरे । शुरुमा आफुले दुःख गरेर जोहो गरेको करिब डेढ लाख र आफन्तबाट सहयोग लिएर दुई लाखको लगानीमा पाउरोटी उद्योग शुरु गरेका प्रदिपले त्यो बेलामा घर भाडामा लिएका थिए । सामान्य माटोको भट्टी(चिम्नी) बनाएर शुरु भएको उनको पाथिभरा पाउ रोटी उद्योग अहिले मेचीनगर क्षेत्रका अलवा ईलाम जिल्ला सम्म आफ्नो व्यवसाय विस्तार गर्दै अघि बडेको छ ।

प्रदिपको पाउरोटी यात्राकैै क्रममा आज उनको उद्योग आधुनिक प्रविधिको त छनै यो सँगै उनले आफ्नै घरमा आफ्नो उद्योग संचालन गर्दै आएकाछन् । शुरुमा दुईलाखको लगानीमा यात्रा गरेको उनको उद्योग अहिले लाखौँको यात्रामा यात्रारत रहेको छ । कोरोनाकालमा व्यवसायमा संकट देखा परेको भएता पनि अहिले सामान्य रुपमा संचालन भएको उनी बताउँछन् । पाउरोटी उद्योगका लागि अत्यावाश्यक मानिएको मैदा र चिनीको मुल्य र अभाव भने अझै भएको उनको भनाई छ । अहिले उनको उद्योगमा पाँच जना कामदार कार्यरत रहेकाछन् भने प्रदिप स्वयम पनि आफ्नो कर्ममा निरन्तर लागेकाछन् । स्थानीय साना उद्योगका लागि सम्बन्धित निकायबाट भने उनले अहिले सम्म कुनै साथ र सहयोग नपाएको उनको भनाई छ । बैंकको कर्जा सर्वशुलभ हुनु पर्ने र उद्योगका लागि आवाश्यक कच्चा पदार्थ उचित मुल्यमा उपलब्ध भए आफु जस्ता साना उद्योग संचालन गर्नेहरुलाई राहत हुने उनको सुझाव रहेको छ ।

२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित 1 Minute 469 Views

ताजा समाचार