२०८१ बैशाख ७ शुक्रबार

मित्रताको नाममा लुकेको कुटनीतिक

नेपालको छिमेकी मुलुक चीनले मित्रताको नाममा विभिन्न कोणबाट फाइदा लिन खोजेको देखिन्छ । चीनको सहयोग गर्ने बहानामा स्वार्थ लुकेको मात्रै छैन, फाइदाको नाममा उसले कुनै न कुनै तरिकाले अरुलाई जालझेलमा पार्न खोजिरहेको छ । आफूलाई शक्ति सम्पन्न राष्ट्र तुल्याउन विभिन्न तरिकाले अरुलाई प्रयोगशाला मात्रै बनाउने गरेका घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् । त्यसैले चीनले प्राविधिक क्षेत्रमा विकासको नारा घन्काउँदै आए तापनि आँखा चिम्लेर विश्वास गरिहाल्न भने मिल्दैन ।

छिमेकी राष्ट्रहरूलाई मित्रताको नाममा चीनले विभिन्न प्रकारले धोका दिने गरेको छ । पाकिस्तानमा चीनद्वारा पठाइएको रेलको पनि अवस्था सोचनीय भएको थियो भने नेपालमा चीनबाट खरिद गरिएका विमानहरू पनि निकम्मा साबित भएका थिए । जसले हावामा भन्दा धेर समय जमीनमा बिताउनु परेको थियो ।

पाकिस्तानको घनिष्ठ मित्र चीन आफ्नो रणनीतिक शक्ति बढाउनमा अहिले व्यस्त छ । नयाँ प्रविधिको आधुनिक हतियारको नाममा पाकिस्तान सेनाका तीनवटै अंगलाई बलियो बनाउनमा जुटेको छ । यस क्रममा चीनले पाकिस्तानलाई सीएच-४ यूएवी दिएको छ । रिपोर्टका अनुसार, चीनले पाकिस्तानसँग सीएच-४ का दुई भेरियन्ट सीएच-४ए, जुन गोप्य निगरानीका लागि हो र सीएच-४ बी, जुन एक आक्रमण सशस्त्र ड्रोन हो, दुई संस्करण दिने सम्झौता गरेको थियो । यसको आपूर्ति जनवरी २०२१ देखि सुरु भइसकेको छ । पाकिस्तानले १२ देखि २४ वटा यस्ता ड्रोन चीनबाट लिएको छ, तर जसको डर चीनको सैन्य उपकरणसँग रहन्छ, अहिले पाकिस्तानले त्यही डरको सामना गर्न थालेको छ ।

गोप्य रिपोर्टका अनुसार चिनियाँ सीएच-४ ड्रोनको संरचना चर्किएको देखिन थालेको छ । यो जानकारी पाकिस्तानले चीनलाई दिएको हो । इन्टेलिजेन्स रिपोर्टका अनुसार एउटा यूएभीको एक्जस्ट म्यानिफल्डको विकणर् ब्रेसिङ सपोर्ट एउटा यूएभींमा भाँचिएको भेटिएको छ भने अर्कोमा इन्जिन माउन्टमा जोडिएको मफलर स्पटसँगै टर्बो चार्जरको स्पट चर्किएको पाइएको छ । यति मात्र होइन, चीनले सशस्त्र ड्रोनसँगै दिएको एआर-२ एयर टु ग्राउन्ड मिसाइल परीक्षणकै क्रममा नै बिग्रिएको छ ।

रिपोर्टका अनुसार जब पाकिस्तानी वायुसेनाले एआर-२ मिसाइललाई पावर-अन सेल्फ-चेक परीक्षणका लागि एकीकृत जाँच उपकरणसँग जोडेको थियो, तब मिसाइल खोज्ने भनेको लक्ष्यमा प्रहार गरेपछि त्यसलाई नष्ट गर्ने प्रविधि असफल भएको हो । जसलाई पाकिस्तानले पुनः चीन फिर्ता पठाएको छ । एआर-२ सर्ट रेन्जको अर्ध-सक्रिय लेजर हावाबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र हो जुन सीएच-४ ड्रोनका साथै चिनियाँ आक्रमण हेलिकप्टरबाट पनि प्रहार गर्न सकिन्छ । यसबाट सिपाहीहरूले ८ किलोमिटर टाढाबाट पनि वाहन, घर र बंकरलाई निशाना बनाउन सक्छन् । यो समस्या पाकिस्तानलाई दिइएको सीएच-४ ड्रोनको मात्र होइन । चीनले आधुनिक प्रविधिको नाममा यो ड्रोन बेचेका सबै देश अहिले चिन्तित छन् । यहाँसम्म कि धेरै देशमा यसको सञ्चालन पनि रोकिएको छ ।

चीनको सहयोगलाई सहजरुपमा लिइने परिपाटीका कारण अहिले धेरै देशमा समस्या देखिएका छन् । खरिद गरिएका सामग्रीहरुले कामै गर्न छाडेको अवस्था छ । यसले गर्दा चीनले मित्रताको नाममा शत्रुताको व्यवहार गरिरहेको छ भन्दा फरक पदैन । त्यसैले सहयोग लिने नाममा आँखा चिम्लिने प्रवृत्तिविरुद्ध चनाखो बन्न आवश्यक छ । अन्यथा यसबाट सहयोगी राष्ट्रहरु जहिले पनि पछाडि पर्ने कुरामा शंका छैन ।                                                                                                                                                                                           -समीर राई (मेचीनगर)

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 1 Minute 236 Views

ताजा समाचार