२०८१ बैशाख १ शनिबार

नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो

झापा, १८ फागुन । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो ।

पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५/७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६/७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे । पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,’ जनस्वास्थ अधिकृत मिजारले भने । आजको नागरिक दैनिकमा खबर छ 

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 0 Minutes 259 Views

ताजा समाचार