२०८१ बैशाख १४ शुक्रबार

मेचीनगर सम्हाल्न विश्वकर्मा आउने

झापा । लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत बिबादमा रहेको झापाको मेचिनगर नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएको छ । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका उपसचिव महेन्द्र विश्वकर्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको खटाईएका छन ।

नगरपालिकाका जनप्रतिनिधिले यस अघिका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर रोक लगाइएका थिए  । प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई कार्यालय आउँदा नगरउपप्रमुख मिना उप्रेती सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले हाजिरमा रोक लगाएका थिए ।
यस अघि कार्यापालिकालाई असहयोग गरेको भन्दै पुस १८ गतेको कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्ने निणर्य सम्मको कावार्ही गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ ।  कतिपय स्थानमा भने अवधि नै नपुगेका तथा कुनै विवाद नभई कामकाज गरी रहेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सरुवा गरिएको छ । सरकारले थप २७ जना उपसचिवको सरुवा गरेको हो ।

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित 0 Minutes 599 Views

ताजा समाचार