२०८१ बैशाख ८ शनिबार

निषेधाज्ञा जारी गरेर प्रदेश १ काे नामकरण गरिँदै

जिल्ला प्रशासन कार्यालय माेरङले आज दिउँसाे ३ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि विराटनगरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे हाे ।

दलहरू भूगाेलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेकाे भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे । प्रशासनले प्रदेशसभा भवनअगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर निषेधित क्षेत्र घाेषणा गरेकाे हाे ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्‍याली, धर्नाजस्ता कार्यहरू नगर्न आग्रह गरेको छ । प्रदेश १ ले आज आफ्नाे नाम पाउने सम्भावना छ ।

हेर्नुहाेस् सूचना :

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 0 Minutes 206 Views

ताजा समाचार