
विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको आफ्नो समर्थन फिर्ता लिएको छ ।
नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए ।

नेकपा (माओवादी केन्द्र)ले समेत समर्थन गर्ने भनिएकोमा सो अनुसार नभएकाले कांग्रेसले समर्थनबाट नाम फिर्ता लिएको जानकारी दिएको छ ।
समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।
२०७९ फाल्गुन १७, बुधबार प्रकाशित
0 Minutes
235 Views