२०८१ बैशाख १४ शुक्रबार

रास्वपाको चुनाव चिह्न घन्टीमा रहेको गोलाकार हट्यो

१७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गरे । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’

निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो । तर चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टी सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादका कारण सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन् । अनलाइन खबरबाट

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 0 Minutes 282 Views

ताजा समाचार