सर्दार ! पटक्कै मान्दैन
काठको घोडाबाट ओर्लिन
न त मान्छ
शान्तिको गीत गुनगुनाउन
एउटा कला बिहिन कलाकार
मुस्कुराउँदा बिद्रुप देखिन्छ
यदाकदा मुख छोपेर रुन्छ
र,पटक पटक भक्कानिन्छ
बिगत सम्झन्छ र सम्झाउँछ
घाइतेहरुको जूलूस
उस्को नाट्क हेरेर
दाह्रा किट्छन
धारे हात लगाएर सराप्छन
श्राप लागेरै हुनसक्छ
सरदारको
बंश बिनास हुँदैछ ।
थुकको पोखरीमा डुबुल्की मारिरहन्छ
अर्काको बैसाखी टेकेर
घोडासंगै हिमाल आरोहण गर्छु भन्छ
दौंतरीको सहादतलाई
बन्धक राखेर उ,
शत्रुका पाउ मोलिरहेछ
सरदारलाई मात चडेको यो बेला
मुलूक तुलामा माथी चढ्दै छ ।
२०७९ फाल्गुन १७, बुधबार प्रकाशित
0 Minutes
514 Views