२०८१ बैशाख १४ शुक्रबार

केपी ओली कप : आर्मीलाई हराउँदै सातदोबाटो फाइनलमा

सडन डेथमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीलाई सडन डेथमा हराउँदै सातदोबाटो फाइनलमा पुगेको हो।

सोमबार भएको दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि ४–१ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।

आर्मीका सुदील राईको प्रहार विफल भएपछि आर्मी सेमिफाइनलबाटै बाहिरियो।

सातदोबाटोका लागि पासाङ लामाको गोल निर्णायक बन्यो। गोलरक्षक अविशेक बराल खेलको प्लेयर अफ दि म्याच भए।

आइतबार भएको पहिलो सेमिफाइनल गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफ जारी रहँदा असिना पानी परेपछि दोस्रो हाफको केही मिनेटपछि खेल स्थगित भएको थियो।

सातदोबाटोले अब उपाधिका लागि मछिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल आजै दिउँसो ३ बजेपछि सुरु हुनेछ।

२०७९ फाल्गुन १५, सोमबार प्रकाशित 0 Minutes 276 Views

ताजा समाचार