२०८३ जेष्ठ २१ बिहीबार

दाहालले धोका दिए :ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा अध्यक्ष ओलीले संविधानको रक्षा गर्दै मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउनका लागि पुस १० गते गरिएको सहमति दाहालले दुई महिना नपुग्दै तोडेर धोका दिएको बताएका हुन् ।

उनले जनयुद्धका नाममा दाहालले हिंसाको अभियान सुरु गरेको र त्यसपछि आफ्नो स्वार्थबाहेक अरु कुनै काम नगरेको आरोप समेत लगाए । उनले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै सत्तामा टिकिरहन दाहाल पनि अन्यत्रै गएको टिप्पणी समेत गरे ।

अध्यक्ष ओलीले देश र जनताको हितका लागि काम गर्दा एमालेलाई विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरुले लखेटेको गुनासो समेत गरे । उनले अहिलेसम्मका आन्दोलनका घाइतेहरु एमालेको कार्यालयमा आए हेल्प डेस्क नै स्थापना गरेर उपचार गर्ने पनि बताए ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।