२०८१ बैशाख ८ शनिबार

देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ :माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्नका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएका भन्दै समाधानका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले आफुले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरुमा सत्यता नभएको पनि स्पष्ट पारे । अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफुहरुले आव्हान गरिरहेको र एजेण्डा मिल्नेसँग सहकार्य गर्न तयार रहेको पनि बताए छ ।अध्यक्ष नेपालले सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन सक्ने तर, कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 244 Views

ताजा समाचार